के घोराहीको घना वस्तीको बिचमा सिमेन्ट कारखाना हुनु ठीक हो त ?

आउनुहोस् जनताको आवाज लगेर कोही पनि जिउदो नेता हुनुहुन्छ भने सरकारमा पुर्‍याउनुहोस्  निष्कर्षमा निकालेरै आउनुहोस्  लगेर नेपाल सरकारको कानमा यो आवाज पुर्‍याउनुहोस् 
मात्र घना बस्तीको बिचमा सिमेन्ट कारखाना राखिनु उचित हो कि होइन ? 
तपाईंहरुको अनलाइन मत हो या होइन यति लेखिदिनु होला 
यो शान्तिपूर्ण अभियान हो तपाइको मात्र राय हो यो शान्तिपूर्ण अभियान हो 
कि त बस्ती हटाइयोस कि त सिमेन्ट कारखाना गाउँको बिचबाट हटाइयोस तर घना बस्तीको बिचमा सिमेन्ट कारखाना हुनु ठिक एक होइन दुई होइन तीन होइन ।
यो वातावरणीय अपराध गाउँको बिचमा किन गरिरहेका छौ

पुरै घोराही बजारकै वातावरणलाई असर पर्ने गरी घना वस्तीको बिचमा राखिएको एउटा सिमेन्ट फ्याक्ट्रीलाई उचित स्थानमा ब्यवस्थापन गर्न नसक्ने हामी घोराही बासीले कस्तो नेता जन्माएछौ ? हामी घोराही बासीहरु कति अभागी रहेछौ हरेक दिन बिहान अक्सिजन होइन सिमेन्टको धुलोले हाम्रा फोक्सोहरुलाई स्वागत गरिरहेछन् । कति बेसहारा हामी केहि कथित ५,७ जनाले हस्ताक्षर गरे भन्दैमा हाम्रो भविष्य नै चौपट्टै पारिरहेछौ ? हाम्रा सन्ततिहरुलाई किन यसरी भबिस्ष्यमा रोगी बनाइरहेछौ ? एकपटक एक अन्जुली माटो लिएर मात्र एक मिनेट सोचौ त हामी किन यति अपराधी भएछौ भबिष्यको सन्ततिको लागि ? । कति अदुरदर्शी नेता जन्माएछौ हामी एउटा सिमेन्ट फ्याक्ट्रीलाई उचित ठाउँमा ब्यवस्थापन गर्न नसक्ने कति लाचारी हामी भएछौ । हामी भविष्यको लागि कति अपराधी भैरहेका छौ । अरे एउटा सिमेन्ट फ्याक्ट्रीलाई उचित ठाउँमा ब्यवस्थापन गर्न नसक्ने नेताहरुबाट हामी कसरी भबिष्यको आशा गरौ ?
सुनिन्छ दाङका धेरै ब्यक्ति मन्त्री भए रे अह सिमेन्ट धुलो व्यवस्थापन गर्न सकेनन् के को मन्त्री भए कुन्नि ? ? सुनिन्छ दाङका धेरै नेता भए रे के को नेता भए कुन्नि ? ! सुनिन्छ यहि धुलो धुवा उत्पादन भएको ठाउँका नेताहरु सान्सद भए रे तर सिमेन्ट ब्यवस्थापन गर्न नसक्ने के को सान्सद भए कुन्नि ? सुनिन्छ धुलो धुवा भकाभक खादै कुरा चपाउदै धेरै नेताहरु कोहि मेयर भए कोहि उपमेयर भए तर सिमेन्ट फ्याक्ट्रीलाई उचित ठाउँमा ब्यवस्थापन गर्न नसक्ने के को मेयर भए कुन्नि ?
सुन्दछु कथा बुढा पाकाहरुको प्रजातन्त्र भन्दा भन्दै भात नखाएर पुरै बर्षौ बर्ष लडेका थिए रे केहि दङाली नेताहरु आज सिमेन्ट धुलो दिनदिनै खादा किन चुप छन् ओहो कति नेता लडे ओहो कति नेता देश बनाउछु भनेर हिडे तर खै के भो कुन्नि यत्रो लडाइ लड्दा पनि हाम्रा गाउँ किन धुलो धुवाँबाट मुक्त हुन सकेनन् कारण के होला पृय नेताज्यु । जवाफ दिनुस न ? के यो असम्भव हो त ? किन चुप पृय नेताज्यू ।
क्रान्ती काट्ने मार्ने मात्र होइन क्रान्ति वातावरण नबिगार्ने गरी उचित ठाउँमा सिमेन्ट फ्याक्ट्री व्यवस्थापन गर्नु पनि क्रान्ति हो नेताज्यू ।
बिग्रेको छैन अझै कत्रा परिवर्तन त सम्भव भए अब किन गाउँहरुलाई धुलो धुवाँले मुक्त नगर्ने नेताज्यु
देश परिवर्तन गर्छु भन्ने हरु हो एउटा गाउँलाई अझै घना बस्तीको बीचमा निर्माण भएको फ्याक्ट्री किन सिमेन्ट फ्याक्ट्रीको धुवाँ धुलोबाट मुक्त गर्न किन सकिएको छैन ? बाधक के होला बाधा के होला आदरणीय व्यक्तित्वहरु ।
तपाइहरु त पुरै देश परिवर्तनको सम्बाहक होइन र ? किन आलटाल गरिरहनु भएको छ । एउटा घना बस्ती भित्रको बडेमान सिमेन्ट फ्याक्ट्रीलाई उचित ठाउँमा व्यवस्थापन गर्न । सायद म गल्ती भए कि तपाइहरुले प्रयास गर्नु भएको छ कि ? म बुबुरोले देख्ने त त्यही धुवा धुलो हो अझै त्यही बस्नेहरुलाइ त झन दिक्क भएकै होला ।
अझै केही बिगृएको छैन आदरणीय नेतागणहरु
मात्र अलिकति भविष्यको तराजु लिएर जोखौ र मुल्यांकन गरौ वास्तवमा घना बस्तीको बिचमा राखिएको सिमेन्ट फ्याक्ट्री एक ठिक छैन दुई ठिक छैन तीन ठिक छैन ।
हिजो कसले के गरे भनेर एक आपसमा आरोप प्रत्यारोप गर्नु भन्दा दीर्घकालीन समस्या समाधान खोजेर लौन नेतागण हो गाउँलाई धुलो धुवाँ मुक्त गाउँ निर्माण गर्न आवश्यक कदम चालिदिनुहोस न । तपाइहरुको जयजयकार युगले गर्नेछ ।
तपाइहरुको जयजयकार एउटा गाउको जनताले मात्र होइन सिङो देशले गर्नेछ ।
सिमेन्ट फ्याक्ट्रीको बिरोधी हामिहरु हुँदै होइनौ तर घना बस्तीको बिचमा जनता झुक्याएर ५,७ जनाको हस्ताक्षर गराइ पुरै दीर्घकालीन असर पार्ने संरचना बनाउने परिपाटीको बिरोधी एक हौ दुई हौ तीन हौ ।
कतिले जानेर गरे कतिले नजानेर गरे त्यता न जाउ ।
मात्र घना बस्तीमा राखिएको सिमेन्ट फ्याक्ट्री उचित ठाउँमा सारियोस ,
उचित ठाउमा सार्दा लाग्ने क्षतिपुर्ती सरकारले भरोस , दुनियाँ भरौटे अरौटे पाल्न सरकार सित पैसा हुने , कुनै सभा सम्मेलन गर्दा करोडौ रकम हुने तर लाखौ जनताको लागि हितको काम गर्न पैसा न हुने यो हुनै सक्दैन ।
सरकारले नाकमा डोरी लगाएर घना बस्तीको बिचमा वातावरणमा बलात्कार हुने बनाइएको सिमेन्ट कारखाना सारोस । बिन्ती तपाइहरु चुप लाग्ने होइन ।
प्रयास त गर्नुहोस् न ।
कानुन भनेको कुरा तपाईं हामिले बनाएको दस्तावेज न त हो । सधै एउटै कानुन हुन्छ भन्ने पो कहाँ हुन्छ र ?
दायाँबायाँ कुरा यो रे त्यो रे भनेर जनतालाई खेलौना सरकारले नबनाओस । हिजो के भो भनेर होइन यसको दीर्घकालीन असर के पर्छ भनेर निर्णय गरोस् ।
घना बस्तीको बिचमा निर्माण भएको
सिमेन्ट कारखानाको ठाउँमा वातावरण असर नपर्ने गरि त्यहा राष्ट्रिय स्तरकै ठुलै अस्पताल वा अन्य पानी उद्द्योग वा कपडा उद्द्योगको रूपमा परिणत गरोस् । तर सिमेन्ट उद्द्योग उचित ठाउँमा प्रबन्ध गरोस् ।
ईतिहास गाली गरेर होइन भबिश्य हेरेर निर्णय गर सरकार । तपाईं नेतागणहरु मात्र पदको लागि पद लिने नबनिदिनुस ।
सिमेन्ट फ्याक्ट्री घना बस्तीको बिचमा राखिएको ठिक छ छैन भनेर कसैलाई गाली गरेर होइन सिधा आफ्नो माटो लिने र निर्णय गर्ने । यदि त्यो क्षेत्रमा
साच्चिकै ठिक छ भन्ने लाग्छ भने आउनुहोस् एक पटक जनमत बटुलौ यदि दुई तिहाइ जनताले सिमेन्ट फ्याक्ट्री घना बस्तीको बिचमा राख्नु ठिक छ भन्छन् भने मानौला । तर पुरै क्षेत्र असर पर्ने गरि निर्माण गरिएको सिमेन्ट फ्याक्ट्री त्यसरी राखिनु हुन्न ।
जनताको राय बुझियो कि नाइ ? तपाइहरु चुनावमा जादा जनताको भोट लिन खोज्नुहुन्छ तर यसरी घना बस्तीको बिचमा सिमेन्ट फ्याक्ट्री राख्दा हाम्रो गाउको जुल्फी दाइलाई सोधियो कि सोधिएन कि भोट मात्र माग्न गएको हो ? त्यत्रो सिमेन्ट कारखाना राख्दा दिनभर हलो जोतेर जिविका चलाउने बड्का दाइलाई सोधियो कि सोधिएन ? त्यत्रो सिमेन्ट कारखाना राख्दा हाम्रो गाउँमा दिनरात बनपात गर्ने आमाहरुलाई सोधियो कि सोधिएन कि मात्र भोट माग्न जानू भो ? हामी त केटाकेटी थियौ क्यारे हामिलाई किन सोध्नु भएन भन्ने होइन तर त्यत्रो कारखाना राख्दा कमसेकम ५० बर्ष पछिको भविष्य सोचिदिएको भए कम से कम त्यतिखेरका हामी केटाकेटीहरुले यो धुलो यो धुवा देख्न पर्दैनथ्यो कि !
जहाँ राखियो त्यही दुई चार जनताको मात्र हस्ताक्षर बटुलेको हो कि यसको प्रभाव कहाँ कहाँ पर्छ त्यहा त्यहाको जनताको राय बुझेको हो ।
पृय नेतागणहरु आउनुहोस् तपाईं हामी शान्तिपुर्ण तरिकाले सरकारलाई दबाब दिने गरौ अरु जनता कसैलाई पनि असर नपर्ने गरि सिमेन्ट कारखानालाई उचित ठाउँमा सार्ने प्रबन्धको लागि अगाडि बढ्नुहोस न पृय नेताज्यु । तत्काल नहोला तर निरन्तर लागिदिनुहोस न नेताज्यु । हामी सर्वसाधारण त तपाइहरुलाई भन्ने सिवाय के पो गर्न सक्छौ र । ओलि आए गए देउवा आउछन् जान्छन् प्रचण्ड आउछन् जान्छन् तपाइहरुलाई सके आफू नसके आफ्ना नेता मन्त्रीलाई मन्त्री प्रधानमन्त्री भएको दिन हेर्नुछ तर हामिलाई घना बस्तीको बिचको सिमेन्ट फ्याक्ट्री उचित ठाउँमा व्यवस्थापन भएको दिन देख्नुछ .
Please Join your hands .Please think For The future 

Firma la petizione
Firma la petizione
JavaScript è disabilitato. Il nostro sito potrebbe non funzionare correttamente.

politiche sulla privacy

Firmando dichiari di accettare i termini del servizio di Care2
Puoi gestire le tue iscrizioni e-mail in qualsiasi momento.

Problemi nel firmare? Contatta il nostro staff.